×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको ‘सिएसआर’: श्री दिपेन्द्र आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

गण्डकी विकास बैंकको ‘सिएसआर’: श्री दिपेन्द्र आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ – गण्डकी विकास बैंकको कावासोती शाखाले नवलपुर कावासोती न.पा वडा नं. १६ डण्डा स्थित श्री दिपेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले विद्यालयका  विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागि २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको हो । बैंकका चितवन सव क्लष्टर प्रमखुसुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले सहयोगका सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालयका सहायक प्र.अ. नलराज भूर्तेलले संस्थामा हाल जम्मा २५३ जना बालबालिकाहरु अध्ययनरत रहेको र सो मध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको र सो मध्ये पनि २७ जना वेसहारा रहेको जानकारी दिँदै उक्त सहयोगको लागी गण्डकी विकास बैंक परिवारलाई धन्यवाद दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: