समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको पाँच लाख आर्थिक सहयोग

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।
प्रकाशित मिति : Monday, June 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal