×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकद्धारा २४ बालबालिकालाई सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ असार २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकद्धारा २४ बालबालिकालाई सहयोग

काठमाडौँ – हिमालयन बैंकले नागार्जुन न.पा.—५, सीतापाईलास्थित आदेश्वरमा रहेको “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुक्ताहरु तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको हो । बैंकका महाप्रबन्धकसुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरे ।
देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ । बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: