हिमाल दोलखा हाइड्रोपावरको १६ लाख कित्ता आइपिओ भर्न अव कति बाँकी छ समय ?

आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
कित्ता : १६ लाख कित्ता
खुला भएको मिति : आज (मंगलबार, जेठ १४ गते)
भर्ने अन्तिम मिति : मंगलबार, जेठ २८ गते
प्रति कित्ता मूल्य : १०० 

विवरण : 
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपीओ भर्न अव २ दिन समय बाँकी रहेको  छ । आइतबार सार्वजनिक बिदा भएको कारणले गर्दा अव सोमबार र मंगलबार मात्र उक्त आइपिओ भर्न पाउने छन् ।उक्त आइपिओमा लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म आवेदन आवेदन दिन सकिनेछ । यो समयमा आइपीओ बिक्री नभएमा असार १३ गतेसम्म बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।

आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गर्न लागेको आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।

आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
 लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), 
सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), 
ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलाम), 
एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिने । 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
जारी पुँजी : १ अर्ब ६० करोड रुपैयाँ
प्रकाशित मिति : Sunday, June 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal