×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रो इनर्जीको आइपीओ आउने, कति छ रेटिङ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिंगटी हाइड्रो इनर्जीको आइपीओ आउने, कति छ रेटिङ ?

काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ४३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्नको लागि क्रेडिट रेटिङ गराएको छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
यस हाइड्रोपावर आयोजनाको कुल लागत ४ अर्ब ७५ करोड २ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत भने १९ करोड रुपैयाँ छ । कम्पनीले १०० रुपैयाँका दरले ४३ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । सिंगटीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन् ।
हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । २०१० मा स्थापना भएको उक्त कम्पनीको आइपीओ निष्काशनपछि संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०ः३० हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: