आईएमई जनरल इन्स्योरेन्सले असार २९ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं - आईएमई जनरल इन्स्योरेन्सले असार २९ गते साधारणसभा डाकेको छ । मंगलबार बसेको सञ्चालक समितको ७८औँ बैठकले कम्पनीको साधारण सभा उक्त मितिमा लैनचौर ब्याङ्क्वेट्स, लैनचौर, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । 

उक्त साधारणसभामा ५ प्रतिशत बोनश शेयर वितरणका अतिरिक्त एक जना रिक्त सञ्चालकको निर्वाचन हुने एजेन्डा समेत तय गरिएको छ । सो साधारणसभाको प्रयोजनको लागि असार १५ गते बुकक्लोज हुनेछ भने उक्त दिनदेखि साधारणसभाको दिनसम्म दोस्रो बजारमा उक्त कम्पनीको शेयर कारोबार हुनेछैन ।

हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Thursday, June 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal