इन्फिनिटी लघुवित्तको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट अर्थ सरोकार डटकममा हेर्नुहोस् ! (पूर्ण नतिजासहित)


काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।



इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ३०० कित्ता आइपीओ बुधबार बाँडफाँट गरेको हो  । बाँडफाँट भएको आइपिओमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए भने ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ । 
प्रकाशित मिति : Wednesday, June 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal