×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कन्काई बिकास बैंकको काण्ड-३ : राजीनामा स्वीकृत गर्न कर्मचारीसँग २ लाखको डिमाण्ड ! (गोप्य अडियो रेकर्डसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कन्काई बिकास बैंकको काण्ड-३ : राजीनामा स्वीकृत गर्न कर्मचारीसँग २ लाखको डिमाण्ड ! (गोप्य अडियो रेकर्डसहित)

काठमाडौँ । प्राइमसँग मर्जरको सम्झौता गरेको कन्काई बिकास बैंकका सीइओले गत बैशाखमै आफुले बैंक चलाउन नसक्ने बताएको खुलासा भएको छ । बैंक स्रोतबाट अर्थ सरोकार डटकमलाई प्राप्त भएको गोप्य अडियो रेकर्डमा उनले आफुले अव बैंक चलाउन नसक्ने बताएको स्पष्ट सुनिन्छ । कन्काई बिकास बैंकले पटक पटक अनुचित ट्रान्सफर गरिदिएको, काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरु अन्य बैंकमा जान लाइन नै लागेर राजीनामा बुझाउन थालेपछि उनले राजीनामा स्वीकृत नगरी ती कर्मचारीहरुलाई बोलाएर थर्काउने क्रममा यस्तो बताएका हुन् । 

उक्त बैठकमा बैंकका सीइओ र एचआर हेड मिलेर कर्मचारीहरुलाई थर्काएको अडियो रेकर्डमा सुन्न सकिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्रचार्य र एचआर प्रमुख भरत खनालले कर्मचारीहरुलाई थर्काएका हुन् । ‘तिमीहरु घानाको बैंकमा त जाँदैनौ नि ! कि अफ्रिकामा जान्छौ ? बोल्दा विचार गरेर बोल । यहाँ मैले कुन बैंकको सीइओ चिन्दिन ? कुन बैंकको डेपुटी सीइओ चिन्दिन ? म यहाँबाट तिम्रो सीइओलाई कल गरिदिन सक्छु ।’ राजीनामा स्वीकृत गर्न आएका कर्मचारीहरुलाई थर्काउँदै एचआर प्रमुख खनालले भनेका छन् ।
‘तिमीहरुको राजीनामा स्वीकृत गर्दिन । सीइओले चाह्यो भने तिमीहरुको राजीनामा स्वीकृत नै हुँदैन ।’ सीइओले बोल्दै गर्दा एचआर प्रमुखले भनेका छन्, ‘तिमीहरुको करियर नबिगारौं भनेर मात्र हो । अव, तिमीहरु यस्तो यो (राजीनामा) लिएर आयौ भने त बिगार्नु त पर्यो ।’ यसै क्रममा सीइओले इमोसनल ब्ल्याकमेल गर्नसमेत खोजेको कर्मचारीहरुको आरोप छ । ‘मैले त बैंक चलाउन सक्दिन अव । भोलि यहाँ सटर खोल्नुपर्छ । तिमीहरुले यसरी लाइनका लाइन राजीनामा दिएपछि बैंकको हालत के हुन्छ ? तिमीहरुको मात्र करियर हो ?’ उनले भनेका छन् । उनले कर्मचारी हप्काउने नाममा ‘अर्काको आमाको दुध चुस्न जाने ?’ जस्ता शब्दहरु पनि प्रयोग गरेका छन् ।
‘बैंकलाई अफ्ट्यारो पारेका छैनौँ । हाम्रो पनि करियर छ । बैंकलाइ अफ्ट्यारो पार्दैनौं । राजीनामा स्वीकृत गरिदिनुहोस्’ भनेर कर्मचारीले अनुरोध गर्दा सीइओले भनेका छन् । ‘राजीनामा अहिले स्वीकृत हुँदैन तिमीहरुलाई कस-कसले सिकाएको होला । भएन भने कुन कुन पत्रिकामा जाउ भनेर । तिमीहरुको करियर के हुन्छ हेर्दै जाउ ।’

यो पनि पढ्नुहोस् 


राजीनामा स्वीकृत गर्न २ लाखको डिमाण्ड !
यता सीइओले राजीनामा स्वीकृत हुनुपूर्व कर्मचारीले २ लाख रुपैयाँ तिर्नुपर्नेसमेत बताएका छन् । ‘तिमीहरुले कति पैसा तिर्नुपर्छ थाहा छ ? दुइ लाख चानचुन तिर्नुपर्छ यहाँ ।’ यहि बेला एचआर हेडले भनेका छन्, ‘बरु जागिर छोडिदिन्छु । तिमीहरुको राजिनामा अप्रुभ नै गर्दैनौँ । के गर्छौ ? गभर्नरका जाउला होइन ? । सर्बोच्च जाउला होइन ? कान्तिपुरको सम्बाददाताका जाउला । जाउ । म लड्छु । तिमीहरु कुन बैंकमा जान्छौ र ? हामीले कुन सीइओ चिन्दैनौं ? कुन डेपुटी सीइओ चिन्दैननौं ? ट्रान्सफरले हद भएपछी बैंक छोडेका कर्मचारीहरुलाई उनी भन्दै थिए ‘बैंकले त ७ दिनसम्म पनि ब्रान्च परिवर्तन गर्न सक्छ । यो त आर्मी पुलिसहरुको जस्तै फौजी जागिर हो ।’
‘हो यहि कारण हामी ‘सेटिस्फाई’ भएनौँ । त्यसैले अन्त जागिर खान खोजेको हो ।’ कर्मचारीको भनाइमा एचआर प्रमुखले भनेका छन्, ‘तिमी घरमा त सेटिस्फाई हुँदैनौ, तिम्रो बुबाले त तिमीलाई सेटीस गर्न सक्नुहुन्न। बैंकले कसरी सक्छ ? रिसाएपछि म जस्तो फायर मान्छे कोहि पनि हुँदैन । अलि बिचार गर । अव हामी पनि राजीनामा दिएर जान्छौँ । अनि त्यसपछि को आएर राजीनामा स्वीकृत गर्छ, म पनि हेर्छु । तिमीहरुले ३ लाख- चार लाख बुझाउनुपर्छ । त्यसैको चिन्ता व्यक्त गर्दैछु । मेरो पैसा कसरी बुझाउँछौ ? तिमीहरुले यहाँ काम गरेको सारा रकम बुझाउनुपर्छ । तिमीहरु यहाँ आउँदा क्यालकुलेटर थिचेर मात्र राख्या छु । उनीहरुले यसो भन्दा कर्मचारीहरुले ‘करियरको सवाल छ, ऋण काढेर तिर्छौं, हाम्रो रिलिज गरिदिनुहोस्’ भनेका थिए । यसो भन्दा एचआर प्रमुखले ‘तिम्रो बुबासँग कुरा गर्छु’ भनेर इमोसनसँग खेल्न खोजेको कर्मचारीहरुको आरोप छ । 
बैंकका सूचना अधिकारी भन्छन्, ‘कर्मचारीलाई थर्काएको त नहुनुपर्ने हो’
यस विषयमा हामीले बैंकको आधिकारिक धारणा मागेका थियौं । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका सूचना अधिकारी एवम् डेपुटी सीइओ रविन्द्र अर्यालले भने, ‘कर्मचारीलाई थर्काएको त नहुनुपर्ने हो। ‘ हामीले हामीसम्म अडियो रेकर्ड नै आइपुगेको बताएपछि उनले भने, ‘थोरै कर्मचारी छन्, अरु बैंकले लटका लट लगिदिएपछि समस्या भयो । समस्या भएर सीइओले अलि ठुलो स्वर गर्नुभयो कि ?’
पूरा अडियो रेकर्डसहित यस विषय तयार गरिएको टेलिभिजन कार्यक्रम आइतबार प्रशारण हुँदैछ । प्रतीक्षा गर्नुहोला । अहिले कार्यक्रमको प्रमो हेर्नुहोस् !   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: