सूर्योदय लघुवित्त संस्थाकी कर्मचारीमाथि लुटपाट मच्चाउने लुटेरा पक्राउ ! लुटेराको नाम भने 'निर्दोष' !



प्युठान । सूर्योदय लघुवित्त संस्थाकी कर्मचारी सुशीला केसीको साथमा रहेको ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । पैसा लुटेको २४ घन्टा नबित्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेर बहादुरीसमेत देखाएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका २ मा गाउँबाट समूहको पैसा बोकेर भिङ्ग्रीतर्फ आउँदै गरेकी संस्थाकि कर्मचारी सुशीला केसीको साथमा रहेको रकम उक्त लुटेरा समूहले ब्ल्यांकेटले ढाकेर लुटेको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीको नेतृत्वमा गएको प्रहरी टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका २ का जीवन हमाल, निरज विक, कुशल सेन र निर्दोष सेन ठकुरी रहेको डिएसपी बुढाथोकीले जानकारी दिए।

(यसअघि ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ लुट्नेलुटेरालाई प्रहरीले पक्राउ गरेको छ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । - सम्पादक )
प्रकाशित मिति : Thursday, June 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal