मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको हातेसाङ्लो प्रदर्शनी (भिडियो रिपोर्ट)

काठमाडौं - मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले हातेसाङ्लो बनाउदै प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा सनिबार राजधानी काठमाण्डौको बबरमहलमा पत्रकारहरु भेला भएर मानवसाङलो सहितको प्रर्दशन गरि मिडिया काउन्सिल विधेयकको विरोध गरेका हुन् । आखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । पत्रकारहरुको हातेसाङलो बबरमहल देखि बानेश्वर सम्म पुगेको थियो । हातेसाङ्लो कार्यक्रममा पत्रकार महासंघका पुर्व पदाधिकारी, विभिन्न संचारगृहका सम्पादक, पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । पत्रकार महासंघका पुर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहदा पनि सरकारले वेवास्ता गरेकाले आफुहरु स्वतन्त्र प्रेसका लागि सडक संघर्षमा उत्रनुपरेको बताउनुभयो । स्वतन्त्रप्रेसका लागि विगतमा पनि अन्तराष्ट्रिय मिडिया मिसन नेपाल आएको सन्र्दभ उल्लेख गर्दे उहाँले आवश्यक परे अहिले पनि बोलाईने बताउनुभयो ।

प्रेसलाई अंकुश लगाउने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै संचारकर्मी, मानवअधिकारकर्मी लगायतले विरोध गर्दे आएका छन् । पत्रकार महासंघले त विधेयकको विरोधमा चरणवद्ध कार्यक्रम गर्दे आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिडिया काउन्सिल विधेयकको विरोध गरको छ । हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : Sunday, June 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal