×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६ सफल’ : उद्योग विभाग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

‘३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६ सफल’ : उद्योग विभाग

काठमाडौँ – उद्योग विभागले ‘३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सफल र उत्पाहप्रदक रहेको जनाएको छ । नेपाल सरकारको उद्योग विभागको संयोजकत्व तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ५ दिन सम्म चलेको प्रर्दशनीमा अपेक्षा गरे अनुसारको व्यापार तथा अवलोकन कर्ताहरुको उपस्थिति भएको आयोजकले जनाएका छन् । उद्योग विभागको संयोजकत्व पहिलो पटक आयोजना गरिएको प्रर्दशनीमा प्रदेशस्तरीय सहभागीतालाई निशुल्क गरिएको थियो । प्रदेशबाट प्रदर्शनीमा सहभागी हुने उद्योगीलाई स्टल निशुल्क उपलब्ध गराउनुको साथै थप सुविधा प्रदान गरिएको थियो । त्यस बाहेकका अन्य उद्योगीलाई पनि अत्यन्तै न्युन शुल्कमा स्टल उपलब्ध गराईएको विभागका महानिर्देशक विनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।
महानिर्देशक सिंहले लघु, घरेलु तथा साना उद्योगको विकास र प्रर्वद्धनका लागि बजारको व्यवस्था अत्यन्तै आवश्यक रहेको भन्दै स्थानीय प्रर्दशनी केन्द्र स्थापना गर्ने पहलमा विभाग लागेको बताउनुभयो । उहाँले घरेलु, साना तथा लघु उद्यमका लागि बत्तिस पुतलीमा भवन निर्माणको काम पनि भईरहेको जानकारी दिनुभयो । प्रर्दशनमा सहभागी उद्यमीहरुले स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्नका लागि स्थानीय प्रकृतिको प्रर्दशनीस्थलको व्यवस्था गरिनुपर्ने माग गरेका थिए ।
स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका आयोजना गरिएको प्रर्दशनीमा ७ वटै प्रदेशका ७० जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय स्टलहरु रहेका थिए । प्रर्दशनीमा सहभागी प्रत्येक प्रदेशबाट उत्कृष्ट हुने एकजना उद्योगीलाई १३ हजार रुपैया सहित सम्मान गरिएको छ । त्यसैगरी विभिन्न ७ वटा वर्गमा समुहमा छुट्याईएको उद्योगबाट एक ÷एक उत्कृष्ट उद्योगीलाई प्रति उद्योगी ७ हजार रुपैया प्रदान गरिएको छ । त्यसैगरी सान्त्वना पुरस्कार स्वरुप ७ उद्योगीलाई प्रतिव्यक्ति ५ हजार उपलब्ध गराईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: