×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

PRIME CA

नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

अर्थ सरोकार

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल सोमबार जारी गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको हो ।
बैंकले यसअघि पनि ५ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: