साउन १ देखि काम रोक्ने निर्माण व्यवसायीको घोषणा, विरोध र्यालीमा देखियो यस्तो आक्रोश (भिडियो रिपोर्ट)

काठमाडौँ । निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलन गरेका छन् । यहि कार्यक्रम अनुसार उनीहरुले बुधबार काठमाडौँमा विरोध र्याली प्रदर्शन गरेका छन् भने महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । 

साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसअनुसार व्यवसायीले सरकारलाई आफ्नो इजाजत पत्र बुझाउने छन् भने कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्नेछन् । साथै निर्माण उपकरणमा पनि कालो झण्डा राखिने महासंघले जनाएको छ । बाँकी विवरण तलको भिडियोमा हेर्नुहोस् :
प्रकाशित मिति : Wednesday, June 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal