काँग्रेसले संसद अवरुद्ध गरेपछि बोल्न नपाएका प्रधानमन्त्रीले डाके पत्रकार सम्मलेन, गुठी विधेयक फिर्ता नलिने अडान !

काठमाडौँ- संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन राखेका छन् । आज बेलुकी ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् । आफ्ना कुरा संसदमा राख्न पुगेका उनी प्रतिपक्षीले संसद अवरुद्ध गरेपछि फिर्ता आएका थिए । 

साथै गुठि विधेयक फिर्ता लिनेबारे पनि उनलाई धेरैले परामर्श गरिरहेको बुझिएको छ । यद्यपी उनले गुठि विधेयक फिर्ता नलिने अडान राखेका छन् ।   
प्रकाशित मिति : Tuesday, June 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal