×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले पायो ५ देशमा सम्पर्क कार्यालय खोल्ने सहमति, ६ महिनाभित्र सेवा शुरु गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकले पायो ५ देशमा सम्पर्क कार्यालय खोल्ने सहमति, ६ महिनाभित्र सेवा शुरु गर्ने

काठमाडौँ – प्रभु बैंक लि.ले नेपाल राष्ट्र बैंकबाट विभिन्न ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।
अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति प्राप्त गरेको बैंकले जनाएको छ ।
प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले सेवा प्रारम्भ गर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: