×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले थप्यो सन्ध्याकालीन तथा होलिडे काउण्टर, हेर्नुहोस् कहाँ कहाँ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले थप्यो सन्ध्याकालीन तथा होलिडे काउण्टर, हेर्नुहोस् कहाँ कहाँ ?

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुबाट सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर सञ्चालन गर्दै आएकोमा देशभरका विभिन्न शाखा कार्यालयहरुमा काउण्टर थप गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले थप १३ वटा शाखा कार्यलयबाट सन्ध्याकालीन काउण्टर तथा होलीडे काउण्टरहरु सञ्चालनमा ल्याएको हो । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा रहेका छन् ।
थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ वटा शाखाहरुबाट सन्ध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर सञ्चालन गरी बैंकिङ सेवा प्रदान गरिएको जनाएको छ । व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।
सार्वजनिक बिदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरिएको बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाडौँ तथा पोखरा उपत्यका एवम् बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट बिहान १० बजेदेखि ३ बजेसम्म बैंकिङ सेवा खुल्ला रहेको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: