×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ बचत खाता ‘बचत पनि बीमा पनि” सञ्चालनमा, यस्ता छन् विशेषताहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ बचत खाता ‘बचत पनि बीमा पनि” सञ्चालनमा, यस्ता छन् विशेषताहरु

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ बचत खाता ‘बचत पनि बीमा पनि” संचालनमा ल्याएको छ । जीवन सुरक्षा(सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको हो ।
ती खाताहरु खोल्ने ग्राहकलाई जम्मा रु. १६ लाख सम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।
खाता खोल्दा ग्राहकहरुले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् भने न्यूनतम मौज्दात रु.५०००/–, रु.१५०००/– तथा रु.२५०००/– रहेका छन् ।
यो खाता खोल्ने ग्राहकहरुले लकर सुविधामा विषेश छुट, निःशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निःशुल्क सुविधा प्राप्त गर्न सक्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: