×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर नेपाललाई नेपाल पूँजी बजार लगानीकर्ता संघको १५ बुँदे सुझाव, ११ नम्बरको सुझाव पर्यो कडा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

गभर्नर नेपाललाई नेपाल पूँजी बजार लगानीकर्ता संघको १५ बुँदे सुझाव, ११ नम्बरको सुझाव पर्यो कडा !

नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी आ. ब. २०७६/०७७ को मौद्रिक नितिमा समावेस गर्न सोमबार चिरन्जिवी नेपाल समक्ष बुझाएका बुद्धाहरु :
१) सेयर लोनमा लगाईयको चर्को बैंक ब्याज घटाईनुपर्छ ।
२) सेयर धितो कर्जाको सिमा ६५% बाट ८०% सम्म पुर्याउनुपर्छ ।
३) सबै लगानीकर्ताको हातमा सर्वसुलभ तरिकाले online trading system पुर्याईनुपर्छ । 
४) RWS लाई अँझ व्यापक बनाईनुपर्छ ।
५) गत बर्ष बजेट मार्फत आएको बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा यथासक्य छिटो दिनेतर्फ कदम चालियोस् ।
६) सेयर शिक्षा तथा अभर्नेस प्रोग्रामहरु देश ब्यापी बनाउने तर्फ ध्यान दिईनुपर्छ ।
७) बजेट मार्फत गैरआवासिय नेपाली संघलाई नेपालमा पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथा शक्य छिटो कार्यान्वायनमा ल्याईनुपर्छ ।
८) सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ त्यसै गरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नुपर्छ।
९) पूँजीबजारमा अधिक सप्लाई सोस्ने संयन्त्र भएन त्यसैले बजामा रहेका ठूला ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नुपर्छ ।
१०) समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरि कडा जरिवानाको ब्यबस्था गर्नुपर्छ ।
११) बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।
१२) बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ । त्यसैले मौद्रिक नीतिमार्फत बैंकहरुको सी सी डी रेसियो केही समयलाई भने पनि ८५% गर्नुपर्छ ।
१३) लगानीकर्ताहरुको अर्को टाउको दुखाइको बिषय मार्जिन कलको “त्रास” पनि हो । केही हदसम्म गत बर्षको मौद्रिक नीति मार्फत सम्बोधन गरिएको थियो । यसलाई थप वृद्धि गरी मार्जिन कलको “त्रास” मूक्त लगानिकर्ता बनाउनु पर्छ। 
१४) सेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितताका गर्नुपर्छ ।
१५) जसरी बैंकहरुमा बिग मर्जरको होड चलाईएको छ त्यसै गरी च्याउ सरी खोल्न लाईसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनु पर्छ । नयाँ लाईसेन्स बितरणत त ठ्याम्मै रोक्नै पर्छ ।
अन्त्यमा, स्मरण रहोस यिनै बुद्धाहरु लिएर केहि दिन अगाडी पूर्ब प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) लाई पनि बुझाइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: