युनियन हाइड्रोपावर लिमिटेडको सेयर कारोबार खुल्ला, कति छ ओपन रेन्ज ?

काठमाडौं - युनियन हाइड्रोपावर लिमिटेडको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ७९ रुपैयाँ ८२ पैसादेखि २३९ रुपैयाँ ४७ पैसासम्म ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।

कम्पनीको सेयर कारोबार ‘युएनएचपीएल’ संकेतमा हुने भएको छ । यस कम्पनीले मंगलबार ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको थियो ।
प्रकाशित मिति : Wednesday, June 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal