×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पप्पु कन्स्ट्रकसनलाई कारवाही गर्न संसदीय समितिको सिफारिस, तीनकुने पुलमा बदमासी गरेको ठहर ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

पप्पु कन्स्ट्रकसनलाई कारवाही गर्न संसदीय समितिको सिफारिस, तीनकुने पुलमा बदमासी गरेको ठहर ! (भिडियो)

काठमाडौँ । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो । 
उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिएका छन् । समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न सिफारिस गरेको हो । दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।
समितिले सो पुलको पुन: डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले सो पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिनु दिएका छन् । उनले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि सो पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पारेका छन् ।
पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो । यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: