एनएमबी माइक्रोफाइनान्समा कार्यरत कर्मचारीको घाँटी रेटी हत्या, यस्तो छ घटनाको नालीबेली !

पाँचथर - एनएमबि माइक्रोफाइनान्सकि कर्मचारीको हत्या भएको छ । हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे अवस्थामा सितेमा जङगलको गोरेटो बाटोमा फेला परेको हो । हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले घटनाको पुष्टी गरेका छन् ।

वडाध्यक्ष यवाका अनुसार युवतीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने अन्य विवरण आउँन बाँकी छ ।
प्रकाशित मिति : Wednesday, June 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal