नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो, कहाँ जाने भर्न ?

काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्थाले मंगलबार अर्थात आजदेखि १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् भने असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । उक्त सेयर लिलामी बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं रहेको छ ।
प्रकाशित मिति : Tuesday, June 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal