बुढानिलकण्ठमा सेञ्चुरी कमर्सियल बैंकको एक्सटेन्सन् काउन्टर सञ्चालन, बैंकका अध्यक्ष र वडा अध्यक्षद्वारा उद्घाटन

बुढानिलकण्ठ
काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नम्बर ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ ।

सो काउन्टरको आइतबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले उद्घाटन गरेका हुन् । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।
प्रकाशित मिति : Sunday, July 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal