×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने, चुक्तापूँजी ८ अर्ब ८७ करोड पुग्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ असार २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने, चुक्तापूँजी ८ अर्ब ८७ करोड पुग्ने

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम असार २२ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
बैंकको मुख्य कार्यालय नारायणहिटीपथमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् ।
२०७६ असार २१ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ । हालको सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकास बैंकको चुक्तापूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ ।
प्रारम्भिक सहमति अनुसार सहयोगी विकास बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउने छ तथा वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए)द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरू बाट बैंकिंग सेवाहरू प्रदा नगर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा सहयोगको प्राप्तिसंगै २३ वटा शाखाहरू संचालनमा आउने जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: