×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कात्तिक १ बाट कार्यभार समाल्ने गरी सिटिजन्स बैंकमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कात्तिक १ बाट कार्यभार समाल्ने गरी सिटिजन्स बैंकमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।
२०७६ कार्तिक १ गतेबाट लागु हुने गरी हालका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री, प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
बैंकको स्थापनाकाल देखि नै आबद्ध चारै जनाले विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । “भित्र सिस्टम र बाहिर इमेज”को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्की रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उहाँहरुको लामो अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: