कर्मचारी सञ्चय कोष र चरक मेमोरियल हस्पिटलबीच सम्झौता, कोषका ग्राहकले उपचारमा १०% र औषधीमा ५% सम्म छुट पाउने

काठमाडौँ - कर्मचारी सञ्चय कोष र चरक मेमोरियल हस्पिटल प्रा. लि. पोखराबीच सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार चरक मेमोरियल हस्पिटल पोखरामा उपचार गराउँदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीहरुले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सम्झौताले कर्मचारी सञ्चयकोषका ६ लाख सञ्चयकर्ता तथा कर्मचारीहरु लाभान्वीत हुने बताइएको छ ।

सम्झौतापत्रमा कोषको पोखरा शाखाका प्रमुख दिलीपराज पौडेल र हस्पिटलका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति : Tuesday, July 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal