घोडिघोडा लघुवित्तको १ लाख ३२ हजार ६०० कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

लाष्ट रिमाइन्डर :
कम्पनी : घोडिघोडा लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असार २० गते
भर्ने अन्तिम मिति : आज (मंगलबार, असार २४ गते)
कित्ता : १ लाख ३२ हजार ६०० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्ने न्युनतम कित्ता : १०

विवरण :
घोडिघोडा लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार ६०० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

कम्पनीको उक्त आइपिओ प्रतिकित्ता १०० रुपैयाँ दरले असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म भर्न सकिनेछ ।

आवेदन दिन सकिने शाखाहरु :
प्रभु क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, July 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal