×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको ‘सिएसआर’: जोन्टा क्लबलाई बालविवाह अन्त्यका लागि ५ लाख आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको ‘सिएसआर’: जोन्टा क्लबलाई बालविवाह अन्त्यका लागि ५ लाख आर्थिक सहयोग

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले जोन्टा क्लब, काठमाडौंलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लबलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा सो रकम सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई हस्तान्तरण गरेका छन् ।
उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थी माझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।
यस्तै बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले यस क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीले बताए । संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: