सुन किन्ने तयारी हो ? आज मूल्य घटेको छ है !


काठमाडौँ - साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ६५ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ६५ हजार मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरी चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Sunday, July 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal