हेर्नुहोस् हिजो स्थिर रहेको सुनको र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ६४ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ६४ हजार ३ सय मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरी चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार १ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, July 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal