सुन किन्ने तयारी हो ? आज मूल्य घटेको छ है !

काठमाडौँ - साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ६४ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरी चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal