×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तको खुद नाफा २३१.६३%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

इन्फिनिटी लघुवित्तको खुद नाफा २३१.६३%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ३ करोड ७५ लाख ११ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा २३१.६३% धेरै हो । अघिल्लो वर्ष संस्थाले १ करोड १३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
संस्थाको खुद ब्याज आम्दानी ५५.५२% बढाएर ९ करोड २३ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ५ करोड ९४ लाख १ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी कमाएको थियो । यता, सञ्चालन नाफा २९३.२१% ले बढोत्तरी ५ करोड ९५ लाख ४१ हजार आर्जन गरेको छ । 
संस्थाको निक्षेप संकलन १०४.५४% र कर्जा प्रवाह पनि ७८.९९% ले वृद्धि भएको छ । संस्थाको जगेडा कोषमा पनि  मजबुद बनेको छ । संस्थाको जगेडा कोष ६९८.८०% ले वृद्धि गरेर ४ करोड २६ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । संस्थाको चुक्ता पुँजी २० करोड ७४ लाख रहेको छ। 
 संस्थाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०९ पैसा र  प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ५६ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: