×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त उकालो लाग्न असफल, खुद नाफा २०.१६% ले गिरावट

PRIME CA

कालिका लघुवित्त उकालो लाग्न असफल, खुद नाफा २०.१६% ले गिरावट

१५ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ । 
गत वर्ष २ करोड ५९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले यस त्रैमाससम्ममा २०.१६% ले घटेर २ करोड ७ लाख ५२ हजार रुपैयाँमा सिमित रहेका छन् ।
संस्थाको खुद ब्याज आम्दानी ४३.७९% बढेको छ भने सञ्चालन नाफा ६५.२८% ले ओरालो लागेको छ । संस्थाको  खुद ब्याज आम्दानी  १३ करोड ४६ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । सञ्चालन नाफा खुद नाफा १ करोड १८ लाख ४६ हजार रुपैयाँमा सिमित रहेको छ । 
यो चौथौ त्रैमाससम्ममा संस्थाले ७२ करोड ६६ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी  १ अर्व ८१ करोड ३५ लाख १७ हजार कित्ता रुपैयाँ कर्जा लगानी गरेका छन् । संस्थाको चुक्ता पुँजी १० करोड ८० हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६ करोड ७७ लाख १० हजार रुपैयाँ रहेको छ । 
चौथो त्रैमाससम्म आइपुग्दा कालिकाको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७४ पैसाले घटेर १९ रुपैयाँ २५ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ ५ रुपैयाँ ३७ पैसाले बढेर १६२ रुपैयाँ ६९ पैसा पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: