कुमारी बैंकका सेयरधनीहरुलाई झन्झट, बोनस सेयर पाउन पहिला कर तिर्नुपर्ने


काठमाडौं - कुमारी बैंकका सेयरधनीहरुलाई करको झन्झट बढेको छ । प्राप्त जानकारी अनुसार बैंकको २१.२५% बोनस सेयर  पाउन पहिला बोनसमा लाग्ने कर तिर्नुपर्ने भएको छ । उक्त बोनसमा लाग्ने कर तिरेपछि मात्र सेयरधनीको खातामा सेयर पठाइने बैंकले जानाएको छ । 

२०७४ असार १५ पछि सेयरधनी बनेकाहरुले बोनस पाउन पहिला कर तिर्नुपर्ने भएको हो । यसका लागी सेयरधनीले कुमारी बैंकको जुनसुकै शाखाबाट खाता नम्बर ०३११५०२००१०२० मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् । बैंकले भौचर भर्दा सेयरधनीको पूरा नाम र डिम्याट नम्बर उल्लेख गर्न समेत आग्रह गरेको छ । 
प्रकाशित मिति : Monday, July 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal