कुमारी बैंकको ५ नयाँ शाखा सञ्चालनमा, काठमाडौँबाटै गरियो ई-उद्घाटन

बर्दिबास
काठमाडौँ - कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको ई-उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल-प्रविधिबाट ई-उद्घाटन गरेका हुन् ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन चाँही बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । ५ शाखा बिस्तार पश्चात कुमारी बैंकको कूल शाखा सञ्जाल संख्या ९८ पुगेको छ ।
प्रकाशित मिति : Monday, July 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal