×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १०.२५ प्रतिशत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १०.२५ प्रतिशत !

काठमाडौं – माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र सोमबार (साउन ६ गते)देखि बिक्री खुल्ला भएको छ । बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गरेको हो भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
माछापुच्छ्रेले १० वर्ष अवधिको ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । 
बैंकले निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । 
माछापुच्छ्रेको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: