×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक खोल्ने नेता सूर्यबहादुर केसीको ३० करोडको सम्पतिको स्रोत खुलेन, मुद्धाको अन्तिम तयारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंक खोल्ने नेता सूर्यबहादुर केसीको ३० करोडको सम्पतिको स्रोत खुलेन, मुद्धाको अन्तिम तयारी !

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीलाई सम्पति शुद्धिकरण विभागले मुद्धा हाल्ने भएको छ । केसीको ३० करोडको सम्पतिको स्रोत नखुलेपछि विभागले सांसद केसीविरुद्ध मुद्दा हाल्ने अन्तिम तयारी गरेको हो । ३० करोड रुपैयाँ बराबर ‘कालोधन’ फेला परेको निष्कर्षमा पुगेपछि विभागले यस्तो तयारी गरेको हो ।
‘उहाँको (सांसद सूर्यबहादुर केसीको) सम्पूर्ण फाइल अनुसन्धानको अन्तिम चरणमा छौँ । करिव ३० करोड स्रोत नखुलेको सम्पति देखिएको छ । हामी उनीविरुद्ध भ्रष्टाचार मुद्धा हाल्ने अन्तिम तयारीमा छौं ।’ विभागका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने । ‘केही समयमै प्रधामन्त्री लीलाई मुद्दाको जानकारी गराउने तयारी गरिरहेका छौँ । उहाँले निर्देशन दिने वित्तिकै मुद्दा  हाल्छौँ। ‘ ती अधिकारीले भने । अझ खास कुरा त के छ भने यो मुद्दामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक पनि जोडिएका छन् । उनी केहि समय अगाडी घुस काण्डमा मुछिएका थिए । 
केसीको बैंक तथा वित्तीय संस्थाहरुमा समेत शेयर लगानी छ। केसीको बैंक कारोबारउपर पनि अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । केसी पोखराका चर्चित ब्यवसायी पनि हुन् । केसीको हिमश्री फुड्स प्रालि , हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू -सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंकलगायतमा लगानी छ । 
उनले नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज लगायातमा पनि सञ्चालकका रुपमा काम गरेका छन्। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: