×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तको खुद नाफा १०६.६८%ले वृद्धि, जगेडा कोष अझै मजबुत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

मिर्मिरे लघुवित्तको खुद नाफा १०६.६८%ले वृद्धि, जगेडा कोष अझै मजबुत !

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण निष्काशन गरेको छ । यो चौथौ त्रैमाससम्ममा संस्थाले १०६.६८% खुद नाफा कमाएको छ । संस्थाको खुद नाफा ६ करोड १४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा संस्थाले  २ करोड ९७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ७१.८७% र १३१.४७% वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी १४ करोड ३४ लाख ५८ हजार रुपैयाँ आर्जन गरेका छन् भने सञ्चालन नाफा ८ करोड २१ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ। 
यो चौथौ त्रैमाससम्ममा संस्थाको जगेडा कोष पनि मजबुत बन्दै गएको छ ।  संस्थाको जगेडा कोष ३२८.९७% बढेर ९ करोड ५८ लाख ८५ हजार कित्ता पुर्याएको छ । संस्थाको प्रतिसेयर आम्दानीमा भने केहि गिरावट भएको छ । संस्थाको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ९६ पैसाले घटेर ४७ रुपैयाँ ७४ पैसामा आइपुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: