एनआइसी एसिया ग्रोथ फन्डले गर्यो १०% नगद लाभांश दिने घोषणा


काठमाडौं - एनआइसी एसिया ग्रोथ फन्डले १०% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो ।  

यस आधारमा फन्डले ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्नेछ । एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालित दोस्रो म्युचुअल फन्ड हो । 

यता, एनआइसी एसिया क्यापिटलकै व्यवस्थापनमा साउन ८ गतेबाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ का नाममा अर्को म्युचुअल फन्ड योजना खुला गरेको छ । यसको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन खुला भएको हो ।
प्रकाशित मिति : Friday, July 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal