एनएमबि माइक्रोफाइनान्सको १५०% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं - एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५०% हकप्रद निष्काशन गर्ने भएको छ । संस्थाले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाले उक्त हकप्रदमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ । 

यस लघुवित्तले गत पुस २९ गते बसेको साधारण सभाबाट १४ करोड ८ लाख ७५ हजार चुक्ता पुँजीको १५% बोनस सेयर र बोनस पश्चात कायम हुने पुँजीबाट १५०% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । कम्पनीको उक्त हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Monday, July 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal