×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लोकसेवाको विज्ञापन रद्ध गर्न माग गर्दै साउन २ गते नेपाल बन्द आह्वान !

काठमाडौं । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै ‘आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले’ नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । साउन २ र १० गते नेपाल बन्द आह्वान गर्दै उक्त समूहले चरणवद्ध संघर्षका कार्यक्रम समेत घोषणा गर्दै मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने भएको छ । संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारासाथ आदिवासी/मुलबासी/जनजातिहरुले विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको जानकारी गराउदै आदिवासी/मुलबासी/जनजातिहरुले “लोकसेवाविरुद्ध आदिवासी जनजातिको पहिलो दिन “विशाल जनप्रदर्शन प्रदर्शन” सु-सम्पन्न हुने नेपाल मगर संघ प्रदेस प्र.नं.३ नेवा: ताम्सालिङ्ग मगरातको मुख्य सचिव सबिन पुलामी मगर ‘साकार’ले जानकारी दिए । महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।
यस्ता छन आन्दोलनका कार्यक्रमहरु
२०७६ असार २८ गते- प्रचार-प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते- साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते- साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते- उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: