नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० गतेदेखि हुँदै

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ ।

असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टले जेबिल्सलाई एक्वीजिशन गर्ने विशेष प्रस्ताव पारित गरेका थियो । इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गरेको हो । तसर्थ, जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् ।
प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal