×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको नयाँ शाखा ललितपुरको गोदावरीमा, नगरप्रमुख गजेन्द्र महर्जनद्वारा उद्घाटन

PRIME CA

प्रभु बैंकको नयाँ शाखा ललितपुरको गोदावरीमा, नगरप्रमुख गजेन्द्र महर्जनद्वारा उद्घाटन

अर्थ सरोकार

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार

ललितपुर
काठमाडौँ – प्रभु बैंक लिमिटेडले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा १८८औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गरे। 
बैंकको चापागाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्नु हुँदै प्रभु बैंकलाई सफलता शुभकामना दिए । बैंकको चापागाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: