×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बर्दियाको बांसगढीमा, कुल शाखा २२१ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बर्दियाको बांसगढीमा, कुल शाखा २२१ पुग्यो

बर्दिया

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना नयाँ शाखा विस्तारका क्रममा बर्दियाको बांसगढी नगरपालिका वडा न.५ मा बांसगढी शाखाको स्थापनासँगै कारोबार शुरु गरेको छ ।
उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन् ।
बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा गरी २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: