×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकले हार्यो राजस्व न्यायधीकरणबाट मुद्दा, तोकिएकै आयकर र मुल्यअभिवृद्धि कर असुल्न आदेश ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ असार २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकले हार्यो राजस्व न्यायधीकरणबाट मुद्दा, तोकिएकै आयकर र मुल्यअभिवृद्धि कर असुल्न आदेश ! (भिडियो रिपोर्ट)

काठमाडौं । खतावालाको २ लाख रुपैयाँ खाताबाट हराएको काण्डदेखि कलिला विद्यार्थीहरुलाई छाप्रामा पठाएर विद्यालयमा बैंक खोलेको काण्डसम्ममा विवादित सानिमा बैंकले ठूला कर दाता कार्यालयविरुद्द दायर गरेको मुद्दा पनि हारेको छ । न्यायधीकरणले ठुला करदाता कार्यालयको पक्षमा फैसला गरेसँगै सानिमाले यो मुद्धा हारेको हो । 
ठुला करदाता कार्यालयले २०७४ जेठ २९ देखि २०७५ पुस ९ गतेसम्म आयकर र मूल्यअभिबृद्धि कर बढी लगाएको भन्दै सानिमा बैंक राजस्व न्यायधीकरण पुगेको थियो । जसमा ७ वटा मुद्दा आयकरसँग सम्बन्धित थियो भने २ वटा मुद्दा भ्याटसँग सम्बन्धित थियो ।
न्यायधीहरु किशोर सिलवाल,जीवन कुमार घिमिरे र डम्बरबहादुर कार्कीको सयुक्त इजलाशले फैसला सुनाउँदै सानिमा बैंकबाट उक्त रकम असुल गर्न आदेश दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: