×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाइनान्सको खुद नाफा १५ करोड ७३ लाख ३ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिर्जना फाइनान्सको खुद नाफा १५ करोड ७३ लाख ३ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २९.८७% वृद्धि गरी १५ करोड ७३ लाख ३ हजार रुपैयाँ कमाएको छ । गत वर्षको कम्पनीले १२ करोड ११ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो  । 
कम्पनीको खुद ब्याज आम्दानी भने ३८.९७% ले घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने २५ करोड ६१ लाख ५३ हजार रुपैयाँबाट घटेर १५ करोड ६३ लाख २९ हजार रुपैयाँमा सीमित रहेको छ । यता, सञ्चालन नाफा १९ करोड रुपैयाँबाट बढेर २४ करोड ७१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । 
यो चौथो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब १५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८२ करोड ६२ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ भने जगेडा कोषमा २५ करोड ९८ लाख ४५ हजार रुपैयाँ छ । 
कम्पनीको खराब कर्जा ०.३४% रहेको छ । गत वर्ष खराब कर्जा १.३१% रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: