ग्लोबल आइएमई बैंकबाट 'निकालिएका' जनक शर्मा पौड्याल सनराइज बैङ्कमा सिइओ नियुक्त !

काठमाडौ - सक्षमतामाथि प्रश्न उठाउँदै ग्लोबल आइएमई बैंकबाट 'निकालिएका' जनक शर्मा पौड्याल सनराइज बैङ्कमा सिइओ नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिले पौडेललाई ४ वर्षका लागि सिईओ नियुक्त गरेको हो ।

नबिल बैङ्कबाट बैंकिङ्ग करियर सुरु गरेका उनले ग्लोबल आइएमई बैंकमा झन्डै एक वर्ष सीइओ भएर काम गरेका थिए । तर, ग्लोबल आइएमइ बैंकको बोर्डले सक्षमताको प्रश्न उठाउँदै उनलाई घुमाउरो पाराले 'बैंक छोड्न' भनेपछि उनले बैंकबाट राजीनामा दिएका थिए ।

यता उनलाई निरज श्रेष्ठलाई सनराइज बैंकबाट निकालेर सो स्थानमा आफु आउन पनि भूमिका खेलेको आरोप लागेको छ । बैंककै केहि कर्मचारीले उनको यस्तो भूमिकाको शंका गर्दै सतर्क रहन एक अर्कालाई आग्रह गरिरहेको पाइएको छ ।  
प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal