युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर निष्काशन गर्न साउन १४ गते बुक क्लोज हुँदै


काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनीले २४०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न साउन १४ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार, साउन १३ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र उक्त हकप्रद भर्न पाउने छन् ।

कम्पनीले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Sunday, July 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal