×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकले १४.७४% नगद लाभांश खातामा पठाउँदै, नपाउनेले के गर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

देवः विकास बैंकले १४.७४% नगद लाभांश खातामा पठाउँदै, नपाउनेले के गर्ने ?

काठमाडौं – देवः विकास बैंकले (साविकको वेष्टर्न डेभलपमेन्टका सेयरधनीको) १४.७४% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाइदिएको छ । बैंकले उक्त लाभांश गत जेठ २६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएको हकमा जम्मा भएको र सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको सूचना बैंकले दिएको छ ।  
लगानीकर्ताले आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । खाता खोलेपछि बैंकले नगद लाभांश जम्मा हुने बैंकको भनाई छ ।  यसैगरी, गत जेठ २ गतेसम्म धितो बन्धक राखी कर्जा लिएकाहरुको नगद पाउन कर्जा लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर फुकुवा गर्न निवेदन दिनुपर्नेछ । अनिमात्र नगद लाभांश खातामा जानेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: