×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तले साउन ८ देखि ५ लाख ८२ हजार कित्ता सेयर लिलामीमा ल्याउने, यी ठाउँहरुबाट भर्न सकिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

ग्रामीण विकास लघुवित्तले साउन ८ देखि ५ लाख ८२ हजार कित्ता सेयर लिलामीमा ल्याउने, यी ठाउँहरुबाट भर्न सकिने !

काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले साउन ८ गतेदेखि ५ लाख ८२ हजार ८४४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ३ लाख ९२ हजार ३९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ९० हजार ४५१ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले सो लिलामीमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लगनखेल, पोखरा, बुटवल, वीरजञ्ज र विराटनगर शाखाबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सक्नेछन् । साथै ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट पनि आवेदन दिन पाइनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: